मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एचबिओले किनेको पहिलो नेपाली फिल्म बन्यो ‘द रेड सुटकेस’ 

काठमाडौँ –  ‘द रेड सुटकेस’ हलिउडका फिल्महरू प्रसारण गर्दै आइरहेको  होम बक्स अफिस (एचबिओ) ले किनेको पहिलो नेपाली फिल्म बनेको छ ।  

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्महरूले महत्त्व नदिएको बेला एचबिओले सेटेलाईट तथा ओटिटी वितरणका लागि पहिलो पटक नेपाली फिल्म किनेको हो ।

योसंगै लगानी सुरक्षित भएको  निर्माता रामकृष्ण पोखरेलले बताए । उनका अनुसार एचबीओले १५ वटा युरोपियन देशको लागि ओटीटी अधिकार लिएको छ ।

सम्झौता अनुसार उसले अब अल्बानिया, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, पोल्याण्ड, रोमानिया, मोल्डोभा, क्रोएसिया, स्लोभेनिया, सर्बिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया–हर्जेगोभिना, म्यासेडोनिया र बुल्गेरियामा द रेड सुटकेसलाई देखाउने छ ।

फिडेल देवकोटाले डेब्यु निर्देशनमा बनेको कथानक फिल्म ‘द रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलको होराइजन्स स्ट्र्यान्डमा प्रिमियर भएको थियो । सो सो फिल्म नेपालमा भने  यही चैत ३० गतेदेखि नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर  प्रदर्शन हुँदै छ । 

भिजुअल एन्थ्रोप्लोजीमा विद्यावारिधि गरेर यो फिल्म निर्देशन गरेको फिडेलले यस अघि २०१४ मा सर्ट फिल्म ‘द लास्ट याक हर्डर अफ धे’ र बृत्तचित्र ‘विन्ड अफ चेन्ज इन लो मुस्ताङ’ निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?