मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

कस्ता व्यक्तिलाई क्षयरोगको जोखिम बढी हुन्छ?

वार्षिक रुपमा विश्वका एक करोडभन्दा बढी व्यक्ति क्षयरोगबाट ग्रसित छन् । नेपालमा पनि क्षयरोगबाट हजारौँ बिरामी पीडित छन् ।

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा स्वास प्रस्वासको माध्यमबाट समेत सर्न सक्छ । कतिपय क्षयरोग नसर्ने खालको पनि हुन्छ । क्षयरोगलाई मेडिकलको ट्युबरक्लोसिस (टीबी) भनिन्छ । यसलाई रोगका आधारमा दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा फोक्सोको लाग्ने र अर्को फोक्सोबाहेकका अंगमा लाग्ने क्षयरोग ।

फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, मस्तिष्क, हाड वा हड्डीको जोर्नी, मुटु, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा लगायत अङ्गमा पनि क्षयरोग लाग्ने चिकित्सकहरू बताउँछन् ।

क्षयरोग कस्तो रोग हो ? यो कस्तो माध्यमबाट सर्छ ? यो कत्तिको जटिल रोग हो भन्ने सन्दर्भमा छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेलसँग सुस्मिता फुयाँलले गरेको अन्तर्वार्ताको सम्पादित अंश:

क्षयरोग कस्तो रोग हो ?

क्षयरोग भनेको एक प्रकारको भाइरस (जीवाणु) बाट हुने संक्रमण हो । जुन माइक्रोब्याक्टेरियम, ट्युबरक्लोसिस भन्ने ब्याक्टेरियाबाट लाग्ने गर्छ । यी किटाणुहरुले शरीरका अङ्गहरु क्षय गर्ने काम गर्दछ । साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्‍याउन सक्छ ।

यो रोग लाग्ने मुख्य कारण के हो ?

क्षयरोगको मुख्य कारण भनेको जीवाणुको संक्रमण नै हो । यस्तो जीवाणु हाम्रो जस्तो अल्पविकशित देशहरुमा व्याप्त छ । नेपाल क्षयरोगको जीवाणु उच्च भएको देशभित्र नै पर्दछ । हामी ७० प्रतिशत नेपालीहरुको शरीरमा यसका जीवाणु हुन्छन् । जब हामीलाई ठूला क्रोनिक (लामो समयसम्म) रोग लाग्छ । यसका जीवाणुहरु हाम्रो शरीरमा सक्रिय बन्न थाल्दछन् र यो रोग लाग्दछ ।

यसका लक्षणहरु के–कस्ता देखा पर्दछन् ?

यो रोगको मुख्य लक्षण भनेको ज्वरो नै हो । साथै मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु, खानमा रुचि नहुनु, रातमा शरीरभरी कपडा भिज्ने गरी पसिना आउनु यसका लक्षणहरु हुन् । फोक्सोको क्षयरोग छ भने खोकी, खकार लाग्ने र दिमागको क्षय रोग भएमा टाउको दुख्ने हुन्छ । प्राइमरी टिबी हो भने फोक्सोमै समस्या हुन्छ ।

अन्य अङ्गहरुमा सरेर गयो भने अन्य लक्षणहरु पनि देखाउन सक्छन् । त्यसकारण क्षयरोगले कुन अङ्गमा सङ्क्रमण गरेको छ, सो अनुसार लक्षण पनि फरक हुन्छ । 

टिबी कति प्रकारका हुन्छन् ?

क्षयरोग मुख्यतया दुई प्रकारका हुन्छन् । पहिलो ‘पल्मनोरी डिजिज’ जुन फोक्सोमा हुने गर्छ र अर्को भनेको ‘एक्स्ट्रा पल्मोनरी डिजिज’ हो । जुन फोक्सो बाहेकका अन्य अंगहरुमा हुने गर्दछ ।

महिला र पुरुषको तुलनामा यो रोग कसलाई बढी मात्रामा देखिने गर्छ ?

महिला र पुरुषको तुलनामा नेपालमा भने यो रोग पुरुषहरुमा धेरै मात्रामा देखिने गर्छ । यसको कारण के छ भने पुरुषहरु महिलाको तुलनामा चुरोट, रक्सी जस्ता मधपान र धुम्रपानको सेवन गर्ने गर्छन् । यसकारण पुरुषहरु बढी यो रोगको सिकार हुन्छन् ।

कुन उमेरसमूहका व्यक्तिहरुलाई यो रोग देखा पर्दछ ?

यो रोग वयस्क उमेर समूहका २० वर्ष देखिर ६० वर्षसम्मका व्यक्तिहरुलाई रोग लाग्ने गर्छ ।

एचआईभी भएका व्यक्तिहरुलाई यो रोग लाग्ने गर्छ भन्ने आम बुझाइ छ, यसमा कतिको सत्यता छ ?

एचआईभी भएका व्यक्तिहरु शतप्रतिशतलाई यो रोग लाग्छ नै भन्ने हैन । तर रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई यो रोगले समात्छ । यसर्थ क्षयरोग लागेका मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता कम नै हुन्छ । यसकारण धेरैजसो अवस्थामा त्यस्ता व्यक्तिहरूमा क्षयरोग देखिने गर्छ ।

यही रोग लागेकै कारण कस्ता जटिलताहरु निम्तिन सक्छन् ?

अन्य रोगहरुले पनि मानिसलाई गाँजिरहेको अवस्था छ । अन्य रोगका औषधीहरु पनि सेवन भइरहेको छ र क्षयरोग पनि त्यही समयमा भयो भने यसले जटिलता सिर्जना गर्न सक्छ । अर्को कुरा भनेको क्षयरोगका बिरामीहरुले चिकित्सकसँगको परामर्शमा नियमित औषधी सेवन गर्नुपर्दछ । यदि हामीले औषधी सेवन र उपचारमा नियमितता दिएनौं भने यो रोग लागेकै कारण ज्यान जान सक्छ ।

यो रोगको मृत्युदर नेपालमा कस्तो छ ?

नेपालको परीवेशमा यो रोगको मृत्युदर कुल बिरामी सङ्ख्याको ५० प्रतिशत मान्न सकिन्छ ।

यसलाई सर्ने रोग भनिन्छ, यसकारण मान्छेहरु डराउने गर्छन् यो रोग सर्ने माध्यमहरु के–के हुन् ?

कुनै पनि सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामाग्रीहरु प्रयोग गर्दा, हाछ्यु गर्दा, र्‍याल काड्दा र खोक्दा उसको शरीरमा भएका किटाणुहरु बाहिरी वातावरणमा मिसिन्छ र  यो रोग सर्न सक्छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहँदा यो रोग सर्छ ।

यो रोग पूर्ण रुपमा निको हुन्छ या हुँदैन

समयमै उपचार शुरु गरेर नियमित रुपमा औषधी सेवन गरियो भने यो रोग पूर्ण रुपमा निको हुन्छ । आम सामान्य मानिसहरुजस्तै जीवनशैली बिताउन सक्छन् । तर बेवास्ता गरियो भने ज्यान जान सक्छ ।

यो रोग लाग्न नदिन कस्तो संयमता अपनाउन सकिन्छ ?  

आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धुम्रपान नगर्ने, हरियो सागपात, फलफूल, माछामासु प्रशस्त खाने, पोषिलो तरल खाना खाने गरे क्षयरोग लाग्नबाट बच्न सकिन्छ । 

अन्त्यमा आम पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

आम पाठकहरुलाई म के सुझाव दिन चाहान्छु भने सर्वप्रथम त क्षयरोग भएका व्यक्तिहरुलाई हाम्रो समाजमा गरिने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?