मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति छ शुक्रबार, तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अङ्गुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ८० चुकन्दर ५० एभोकाडो ६०० रुपैयाँ र स्ट्रबेरी भुईऐसेलु ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेँडा ४० र भारतीय ठूलो गोलभेँडा ६०, अदुवा २४०, रातो आलु ४४ र रातो भारतीय आलु ४० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २०, लौका ६०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।


तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा १०, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रुपैयाँमा खरिदबिक्री हुँदै छ ।

त्यस्तै तोरीको साग ३० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ११० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज ४० र पुदिना ९० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा १५, भिण्डी ११० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।


उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?