मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१ सय ८० फ्लप  फिल्म दिएका मिथुन चक्रवर्ती किन सधैँ ‘हिट’ ?

काठमाडौँ – बलिउडका  ‘डिस्को डान्सर’ अभिनेता अर्थात् मिथुन चक्रवर्ती जति हिट छन् त्यति नै फ्लप फिल्म दिएका कलाकार समेत हुन् ।

बलिउमा सबैभन्दा बढी फ्लप फिल्म दिने रेकर्ड नै बनाएका उनले त्यसको प्रभाव आफ्नो स्टारडममा भने पर्न दिएका छैनन् । 

सन् १९८० देखि ९० को दशकमा मिथुनले बलिउडमा एकछत्र राज गर्दा उनले फ्लप फिल्मको सङ्ख्या उत्तिकै दिए ।

हरेक वर्ष उनको एक दर्जन फिल्म रिलिज हुन्थ्यो । ९० को दशकको अन्तिम समयमा मिथुनका लगातार ३३ फिल्म फ्लप भएका थिए । 

२ सय ७० बढी फिल्ममा काम गरे, जसमा १ सय ८० त फ्लप नै भए ।  तर यसले उनको स्टार स्टाटसमा कुनै असर परेन । उनले आफ्नो करिअरमा ५० हिट फिल्म, ३ ब्लकबस्टर र ९ सुपरहिट फिल्म पनि दिए ।

 यसका पछाडि ती फिल्मको बजेटलाई पनि मानिन्छ । किनभने मिथुनका फ्लप भएका फिल्म प्रायः कम बजेटका थिए । यहिकारण अधिकांश निर्माताले खासै घाटा बेहोरेनन् । किनकि उनीहरूले त्यसको भरपाई गरिसकेका थिए ।

अहिले मिथुन अधिकांश फिल्ममा सहायक चरित्रमा देखिन्छन् । उनले टेलिभिजनमा डान्स रियालिटी शोमा निर्णायकको भूमिका खेल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?