काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको गुजरातले कप्तान शुभमन गिलको ८९ रनको मद्दतले २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।
यो जितपछि पञ्जावले ४ खेलमा २ जित र २ हारसहित ४ अङ्क हासिल गरेको छ भने गुजरातको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अङ्क भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया