काठमाडौँ– गायक राजेश पायल राईले पत्नी साङबुङ राईसँग सम्बन्ध विच्छेद गरेका छन् । उनीहरूले चैत्र १५ गते नै सम्बन्ध विच्छेद गरेका हुन् ।
यी दुईले वि.सं. २०७८ मा विवाह दर्ता गरेका थिए । बिहे गरे पनि लामो समयसम्म यी दुईले आफ्नो सम्बन्धका बारेमा सार्वजनिक गरेका थिएनन् ।
गायक राईले काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका थिए ।
न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले आमा र छोरालाई ५० लाख रूपैयाँ दिन, नक्सालमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुगुञ्जेल मासिक रुपैयाँ १५ हजार मानाचामल दिन समेत आदेश दिएको छ ।
यी दुईका छोरा सायरेम दुई वर्ष पुगेका छन् ।
यसअघि राईले छोरालाई तातो पानी खन्याइदिएको उनकी पत्नीले आरोप लगाएकी थिइन् । गायक राईकी पत्नी साङबुङ राईले ‘छोरालाई तातो पानी खन्याइदिने पापी बाउ’ भनेर सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी थिइन् ।
यो पनि पढ्नुहोस्: राजेश पायल राईका विवादित किस्सा : ‘ब्याक किक’ हान्नेदेखि तातो पानी खन्याउनेसम्म
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया