काठमाडौँ– वरिष्ठ अभिनेता हरिवंश आचार्य यतिबेला फिल्म ‘महाजात्रा’ को प्रचारमा व्यस्त छन् । यो फिल्ममा उनी एक भ्रष्ट नेताको भूमिकामा छन् ।
धेरै फिल्ममा नदेखिने यी अभिनेताले अभिनय गरेका फिल्मले भने चर्चा कमाउँछन् । ‘महाजात्रा’ ले दर्शकको राम्रो साथ पाए पनि समीक्षकले भने फिल्मलाई त्यति रुचाएनन् ।
उनको केन्द्रीय भूमिका रहेको फिल्म ‘भूठान’ पनि प्रतीक्षित फिल्म हो । यो फिल्ममा उनको भूमिका कस्तो रहनेछ भन्नेमा दर्शक प्रतीक्षारत छन् ।
यसैबीच अभिनेता आचार्यले आफूलाई प्रस्ताव आएका फिल्ममा छानेर मात्र अभिनय गर्ने बताएका छन् ।
जोय नेपालसँगको कुराकानीमा उनले दर्शकको अपेक्षा पूरा गर्ने खालका फिल्ममा मात्र अभिनय गर्ने गरेको बताए । उनले भने, ‘मलाई महिनामा एउटा फिल्मबाट प्रस्ताव आइरहेको हुन्छ, टिम हेरेर मात्र फिल्म छनोट गर्छु ।’
साथै उनले आफूले फिल्म मेकर र टिम छानेर मात्र फिल्ममा अभिनय गर्ने बताए । उनले भने ‘दर्शकले मबाट स्वभाविक रुपमा बढी नै अपेक्षा गर्नुहुन्छ, मैले उहाँहरुको अपेक्षा पूरा गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया