काठमाडौँ – अभिनेत्री ऋचा शर्माले फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा अभिनय गर्ने भएकी छिन् । छायांकन तयारीमा रहेको फिल्म ‘बलिदान’ २०८१ सालमा रिलिज हुनेछ । यो फिल्मलाई ‘प्रेमगीत’ फेम्ड निर्माता तथा निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् ।
यसका लागी निर्माता कम्पनी आशुसेन फिल्म्ससँग अभिनेत्री शर्माले लिखित सम्झौता गरेकी छिन् । तर फिल्ममा शर्माले निर्वाह गर्ने चरित्रबारे खुलाइएको छैन ।
‘बलिदान’बाट शीर्ष अभिनेतामा विराज भट्टका छोरा समीरले डेब्यु गर्दैछन् । भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएको जनाइएको छ ।
यो फिल्मको स्क्रिप्ट डक्टरमा मनोज पण्डित छन् । मधेश प्रदेशमा छायांकन हुने यो फिल्म आशुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया