मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै

नेपालगञ्ज – बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज, भवनीयापुर, जयसपुर र परसपुर गरी चार, कोहलपुर नगरपालिकामा र बैजनाथ गाउँपालिकाको टटिहिरीयामा स्थायी आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ ती केन्द्रमा पछिल्लो समय सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताए ।

हाल यहाँका खजुरा, नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि तथा कर्मचारी खर्च प्रदेश सरकारबाट र आरोग्य सेवा केन्द्रमा एक जना कविराजको खर्च प्रदेश सरकारले बेहोर्ने गरेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका प्रमुख वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले आयुर्वेद उपचार गर्न आउनेको सङ्ख्या बढ्दै गएको उल्लेख गरिन् । “सेवाग्राही बढ्दै जाँदा औषधिको सीमित बजेट पुग्ने अवस्थामा छैन” उनले भनिन् ।

हाल यी केन्द्रबाट आयुर्वेदसम्बन्धी २३ प्रकारका औषधि निःशुल्क पाइन्छ । उनी भन्छिन्, “औषधि खरिदको बजेटसमेत कटौती हुँदा निःशुल्क औषधि वर्षभरी पु¥याउन हम्मेहम्मे छ ।” वरिष्ठ कविराज रेग्मी आयुर्वेद औषधि कतिपय रोगमा निकै प्रभावकारी हुने गरेको उल्लेख गर्दै आयुर्वेद उपचारमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको बताइन् ।

स्वास्थ्य केन्द्रका सूचना अधिकारी चौधरीले मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रमअन्तर्गत हाते पुस्तिका वितरण गरिरहेको जानकारी दिँदै आहारविहार, योग, ध्यान, खानपान सिकाउन आवश्यक भएको बताए ।

१९ हजारले लिए सेवा

बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रबाट १९ हजारभन्दा बढीले पछिल्लो छ महिनामा सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले जिल्लामा आयुर्वेद सेवा लिनेहरुको सङ्ख्या चालु आर्थिक वर्षको पुससम्म १९ हजार दुई सय ३८ रहेको जानकारी दिए ।

केन्द्रका अनुसार साउनमा तीन हजार एक सय ७६, भदौमा तीन हजार २१, असोजमा तीन हजार छ सय ३१, कात्तिकमा दुई हजार छ सय, मंसिरमा तीन हजार एक सय एक, पुसमा तीन हजार सात सय नौ जनाले उपचार सेवा लिएका छन् । उपचार सेवा लिने सबैभन्दा बढी १७ देखि ५९ वर्ष उमेर समूहका छन् । उक्त उमेर समूहका १३ हजारभन्दा बढीले छ महिनामा उपचार लिएका छन् ।

यहाँ बाहिरी जिल्ला बर्दिया, सल्यान, रुकुम, जाजरकोट, मुगुलगायतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?