मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्देशक दीपेन्द्र के. खनाल भन्छन्: राजनीतिक ड्रामाको फिल्म ‘मेयर’ उत्कृष्ट बन्छ

काठमाडौँ– निर्देशक दीपेन्द्र के खनाल यतिबेला फिल्म ‘मेयर’ को छायाङ्कनमा व्यस्त छन् ।

सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवनमा आधारित फिल्म निर्देशन गरिरहेका निर्देशक खनालले ‘मेयर’ अन्य नेपाली फिल्मभन्दा पृथक भएको बताएका छन् ।

जोय नेपालसँगको कुराकानीमा उनले फिल्म ‘मेयर’ को निर्माणमा कुनै सम्झौता नगरिएको पनि दाबी गरे ।

‘यो फिल्म निर्माणका लागि कुनै सम्झौता गरिएको छैन, आजसम्म कुनै पनि फिल्ममा एकसाथ एघार हजार दर्शक लिइएको थिएन,’ उनले भने, ‘हामीले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेका छैनौँ ।’

निर्देशक खनालले फिल्ममा मेयरको भूमिकामा कलाकार खगेन्द्र लामिछानेलाई लिएका छन् । लामिछानेका अलावा फिल्ममा अर्पण थापा, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्य देव लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

निर्देशक खनालले यो फिल्म राजनीतिक ड्रामा फिल्म भएकाले दर्शकलाई मन पर्ने र यसलाई उत्कृष्ट बनाउन पनि आफूले मेहनत गरेको बताए ।

उनले भने, ‘यस्तो जनरामा नेपाली फिल्म निर्माण भइरहेका थिएनन्, यो बिल्कुलै फरक र स्वादिलो फिल्म बन्दैछ, म आफैलाई पनि यसको स्क्रिप्टले तानेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?