मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्यक्ति

किम जोङ उनकी पत्नीको विलासी जीवनशैली: सङ्गीतमा पोख्त, तीन छोराछोरीकी आमा

काठमाडौँ– उत्तर कोरियाली शासक किम जोङ उन जति विश्व राजनीतिमा चर्चामा छन्, फेशन र ग्ल्यामरको दुनियाँमा उनकी श्रीमती री सोल जुको पनि उत्तिकै हुने गरेको छ ।

खास गरी किमकी पत्नी री आफ्नो विलासी जीवनशैलीका कारण चर्चामा रहने गर्छिन् ।

विलासी शैली भए पनि किमपत्नी री सत्ता र शक्तिमा भने पहुँच नहुनेमा पर्छिन् । सत्ता र शक्तिमा भने किमले आफ्नी बहिनीलाई विश्वास गर्ने गरेका छन् । किम जोङ उनकी कान्छी बहिनी किम यो जोङ उत्तर कोरियाली शासनमा शक्तिशाली छिन् ।

पहिले गायिका रहेकी किम जोङ उनकी पत्नी जुको जीवनशैली सामन्य नभएर स्रभान्त, विचित्र, रंगीन  र शाही परिवारको जस्तो छवि बनेको छ। उनको पहिरनलाई सन्यासी देशको राष्ट्राध्यक्षको श्रीमती या प्रथम महिलाले अभिजात वर्गहरूमाझ प्रचलनमा रहेको या शाही वर्गको जस्तो झल्को दिएको भनी तुलना हुने गर्दछ ।

संसारकै महङ्गा ब्राण्डका सामाग्रीहरुमा रम्ने री सोल जुलाई उत्तर कोरियाली नेता किम जोङ उनले बेला बेलामा सार्वजनिक समारोहमा समेत लैजाने गर्दछन् ।

किमका बुबा किम जोङ इल र हजुरबुवा किम इल सुङले आफ्नो शासन कालमा आफ्ना पत्नीहरूलाई सार्वजनिक समारोह तथा अन्य राष्ट्र प्रमुखहरूसँग आधिकारिक बैठकमा कहिल्यै सहभागी गराएका थिएनन् ।

उनीहरुले धेरै जनासँग विवाह गरेको भए पनि आफ्नो पिता र हजुरबुबाभन्दा पृथक शैलीमा नेता उनले आफ्नी विलाशी श्रीमतीलाई सार्वजनिक समारोहहरुमा समेत लैजाने गरेका छन् ।

जुको फेसनको रोल मोडल ब्रिटिस राजपरिवारकी सदस्य केट मिडलटनबाट अभिप्रेरित भएको हुन सक्ने भनी अन्तर्राष्ट्रिय सञ्चार माध्यममा टिप्पणी हुने गरेको छ । री सोल जु विश्व मञ्चमा सबैभन्दा रहस्यमय व्यक्तित्वहरू मध्ये एक हुन जसको निजी जीवनको प्रत्येक विवरणलाई गोप्य रूपमा ढाकिएको छ ।

पर्यवेक्षकहरूले जुको फेसन शोलाई मिसाइलबाट मोइस्चराइजरमा सर्दै गएको भनी टिप्पणी समेत गर्ने गर्दछन् । विश्वको सबैभन्दा गोप्य देश उत्तर कोरियामा रीको जीवनशैलीलाई रानीको भन्दा बढी भएको भनी टिप्पणी गर्नेको समेत कमी छैन । केही वर्षअघिसम्म रहस्यकै गर्भमा रहेका तथ्यहरु पनि समय क्रमसँगै बाहिर आउँदै गएका छन् ।

विलासी जीवनशैली

री सोल जु निकै विलासी तथा महङ्गा सामान मन पराउँछिन् । उनले प्रयोग गर्ने हेण्डब्याग, कपडा तथा अन्य सामानहरु एकदमै महङ्गा छन् । अधिकांश उत्तर कोरियालीहरु खान नपाएर भोकभोकै रहेका बेला उनले भने एक पटक १५९४ अमेरिकी डलर पर्ने डायरको हेण्डब्याग बोकेकी थिइन् । निकै नै तानाशाही शासन रहेको उत्तर कोरियामा किमकी श्रीमती भने विलासितामा रमाइरहेकी हुन्छिन् ।

सम्भ्रान्त तथा शिक्षित परिवारमा हुर्केकी थिइन् जु

उनको पारिवारिक पृष्ठभूमि अत्यन्त सम्भ्रान्त र शिक्षित रहेको बताइन्छ । उनका बाबु प्रोफेसर हुन् भने उनकी आमा डाक्टर हुन् । उनका बाबुले कुनै समय कोरियाली जनसेनाको वायुसेनामा पनि काम गरेको बताइन्छ । तर, उनका दाजुभाइ दिदिबहिनीबारे भने केही सार्वजनिक गरिएको छैन ।

अझै ४० वर्ष पनि पुगेकी छैनन् री

उत्तर कोरियाको आधिकारिक रेकर्ड अनुसार उनको जन्म उत्तर कोरियाको तेश्रो ठूलो शहर चोङजिनमा सन् १९८९ को सेप्टेम्बर महिनामा भएको थियो । यसअनुसार उनी ३५ वर्ष पनि पुगेकी छैनन् । तर, उनका पति किम जोङ उन भने ४० वर्षका छन् । यसअनुसार दुई जनाको उमेरको अन्तर ५ वर्षको छ ।

तीन छोराछोरीकी आमा

उनले तीन छोराछोरीलाई जन्म दिएको बताइन्छ । सन् २०१३ मा अमेरिकी बास्केटबल खेलाडी तथा किम जोङ उनका साथी डेनिस रोडम्यानले दिएको अन्तर्वार्तामा किमका दुई सन्तान रहेको बताएका थिए । त्यसयता सन् २०१७ मा उनी सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् । त्यसबेला उनी गर्भवती रहेको र अर्को सन्तानलाई जन्म दिएको भन्ने विश्वास गरिन्छ ।

किमसँगको बिहेबारे अस्पष्टता

किम जोङ उन र उनीबीच कहिले विवाह भएको हो भन्ने स्पष्ट छैन । कुनै समाचारमा उनी र किम जोङ उनबीच सन् २००९ मा भेट भएको बताइन्छ भने कुनै समाचारमा उनी र किमबीच सन् २०१० मा भेट भएको हुनसक्ने बताइन्छ । तर, उनीहरुबीच विवाह कहिले र कहाँ भएको हो भन्ने चाहीँ हालसम्म सार्वजनिक भएको छैन ।

उत्तर कोरियाली सङ्गीत समूहकी सदस्य

किम जोङ उनसँग विवाह गर्नुअघि री सोल जू उत्तर कोरियाली साङ्गीतिक समूह उनहाङ्सु अर्केष्ट्राकी सदस्य समेत रहिसकेकी छिन् । यो समूहले सन् २००५ मा एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा दक्षिण कोरिया पुगेर प्रस्तुती दिएको हुनसक्ने र त्यो बेला पनि री यही समूहमा रहेको हुनसक्ने समाचार सार्वजनिक भएका छन् ।

त्यसबाहेक सन् २०१० मा किम जोङ उनका लागि यही समूहले साङ्गीतिक प्रस्तुती दिँदा उनी पनि उक्त समूहमा रहेको हुनसक्ने बताइन्छ ।

चीनमा सङ्गीतको शिक्षा लिएकी थिइन् रीले

उनले चीनमा सङ्गीतको शिक्षा लिएकी थिइन् । यद्यपि उनले कहिले कहाँ र कुन विद्यालयमा उनले सङ्गीतको अध्ययन गरेकी हुन् भन्ने चाहिँ स्पष्ट छैन् । यद्यपि उनले चीनमा अध्ययन गरिसकेपछि मात्रै उत्तर कोरियाली अर्केष्ट्रामा सहभागी भएको हुन सक्ने विश्वास गरिन्छ ।

पहिलोपटक देखिएकी थिइन् सन् २०११ मा

उनी पहिलोपटक सन् २०११ मा तत्कालिन उत्तर कोरियाली शासक किम इल सुङको अन्त्येष्टि सभामा पहिलोपटक देखा परेकी थिइन् । त्यसबेला उनी को हुन् भन्नेबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले व्यापक चासो देखाएका थिए ।

सन् २०१२ मा मात्र सार्वजनिक गरिएको थियो पहिचान

सन् २०१२ मा मात्रै उत्तर कोरियाको सञ्चारमाध्यम केसीएनएले री सोल जूको पहिचान सार्वजनिक गरेको थियो । त्यसबेला उनी किम जोङ उनको श्रीमती भएको खुलासा गरेको थियो । त्यसअघि उनी को हुन् भन्ने स्पष्ट थिएन ।

होइनन् उत्तर कोरियाकी सबैभन्दा प्रभावशाली तथा शक्तिशाली महिला

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी श्रीमती भएपनि उनी उत्तर कोरियाकी सबैभन्दा प्रभावशाली तथा शक्तिशाली महिला भने होइनन् । किम जोङ उनकी बहिनी किम यो जोङ उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला हुन् ।

अघिल्लो वर्ष उत्तर कोरियाले आफ्नो कुटनीतिक सम्बन्धको विस्तार गर्ने दिशामा कदम चालेपछि किम यो जोङ चर्चामा आएकी थिइन् ।

त्यसबाहेक किम यो जोङ उत्तर कोरियाली वर्कर्स पार्टीकी प्रभावशाली नेता समेत हुन् । तर, पार्टी र मुलुकको राजनीतिमा री सोल जूको प्रभाव कति छ भन्ने स्पष्ट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?