मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा किन आवश्यक छ सनग्लास ? कसरी छान्ने ?

काठमाडौँ – धुलो धुवाँ, घामको किरणबाट बच्न र स्टाइलिस देखिन धेरैले सनग्लास लगाउने गरिन्छ ।

जाडो यामको तुलनामा गर्मी याममा सूर्यको पराबैजनी किरण तीन गुणाले बढी हुने गर्छ जसबाट बच्न यसको आवश्यकता गर्मी मौसममा बढि हुँदा धुलो धुवाँ र घामका कारण आँखा चिलाउने, पोल्ने, आँसु बग्नेलगायत समस्या देखिने गर्छ ।

यी समस्याबाट बच्नका लागि भए पनि सनग्लास लगाउनुपर्छ ।

त्यसैले गर्मीमा सनग्लास फेसन मात्र होइन, आँखाको स्वास्थ्यको दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । त्यसो भए कुन समयमा कस्ता सनग्लास लगाउने त ?

घाममा आँखाको सीधा सम्पर्क नहोस् भन्नका लागि सनग्लासको खरिद गरिने भएकाले चिकित्सकहरु अल्ट्राभ्वाइलेट रे प्रोटेक्सन भएका ग्लास मात्रै किन्नु सुझाव दिन्छन् । 

जहाँ चर्को घाममा हिँड्दा कालो र ग्रे कलरको सनग्लास लगाउनु उपयुक्त हुन्छ । यी कलरले ब्राइटनेस र ग्लेयरबाट बचाउँछन् । 

त्यस्तै बादल लागेको वा हल्का अँध्यारो भएको दिनमा ब्राउन वा एम्बर कलर राम्रो हुन्छ । यसले कन्ट्रास्ट बढाउँछ । फिसिङ, हाइकिङ, साइक्लिङमा जानेले यो ग्लास लगाउनु राम्रो हुन्छ । 

लो लाइट कन्डिसन अर्थात् घाम मज्जाले नलागेको समयमा एल्लो र अरेन्ज कलर पनि राम्रो मानिन्छ । इन्डोर स्पोर्टस्का लागि यो ग्लास राम्रो हुन्छ । हिउँ खेल्न जानेले पनि यी कलरका ग्लास लगाउन राम्रो हुन्छ । 

ब्लु लाइट र ग्लेयरबाट बचाउन ग्रिन कलर उपयुक्त मानिन्छ । गल्फ, बेसबल, टेनिस खेल्नेले यस्तो कलरको ग्लास छान्ने गरेका छन् । 

रोज र रेड टिन्ट लगाएर ड्राइभिङ गर्दा भिजिबिलिटी राम्रो देखिन्छ । कम्प्युटरबाट आउने हानिकारक ब्लु लाइटलाई कम गर्न यसले सहयोग गर्ने भएकाले कम्प्युटर चलाइराख्नेका लागि पनि यो ठीक हुन्छ ।

सबै कलरका सनग्लासलाई पोलोराइज्ड गर्न, युभी प्रोटेक्सन गर्न र पावर हाल्न पनि मिल्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?