मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री निशा अधिकारी विद्यावारिधिको तयारीमा

काठमाडौँ – अभिनेत्री निशा अधिकारी विद्यावारिधिको तयारीमा जुटेकी छन् । अभिनयसँगै सञ्चारकर्मको अनुभव भएकी अध्ययनशील अभिनेत्री निशा द्वन्द्व, शान्ति र विकासमा पीएचडी गर्दै छिन् ।

त्रिभुवन विश्वविद्यालयमा आफूले द्वन्द्व, शान्ति र विकास विषयमा पीएचडी गर्न लागेको खबर उनले सामाजिक संजालबाट दिएकी छन् ।

फोटो सेयर गर्दै उनी लेख्छिन्, ‘मेरो पीएचडीको यात्रा सुरु गर्ने समय । जीवनको यो क्षणसम्म मलाई मार्गदर्शन गर्ने मेरो परिवार र सबै शिक्षकलाई धन्यवाद । संकायका सदस्यलाई पनि धन्यवाद । कक्षामा उपस्थित हुन अधैर्य छु । सेवा गर्ने प्रबल इच्छा बोकेर आफूलाई स्तरोन्नति गर्ने यो यात्रामा लाग्दैछु । मलाई आशिष दिनुहोस् । द्वन्द्व, शान्ति र विकास ! धेरै उत्साहित ! ’

पीएचडी गर्ने निशाको यो पोस्टलाई सामाजिक सञ्जालमा धेरै शुभकामना मिलिरहेको छ । केकी अधिकारी, नीति शाह, लेखक कर्ण शाक्य लगायतले पनि शुभकामना दिएका छन् । ‘मिसन पैसा’बाट अभिनयमा डेब्यु गरेकी उनको पछिल्लो फिल्म ‘जय हो’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?