मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जानी राखौं गुणकारी ओखर खानुका १० फाइदाहरु

काठमाडौँ – तिहारमा भाई पूजाका लागि नभई नहुने ओखरको धार्मिक मात्र नभई स्वास्थ्यको दृष्ट्रिकोणले पनि निकै लाभदायी छ । ओखरको नियमित सेवनले शरीरलाई पोषण प्रदान गर्नुको साथै विभिन्न रोगबाट बचाउन समेत मद्दत गर्दछ ।

ओखरका फाइदाहरु :

मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ ।

यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ । ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

ओखरमा भिटामिन इ हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।

ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो ।

सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?