मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा खरबुजा खानुका फाइदा यस्ता छन्

काठमाडौँ – गर्मी लाग्न लागेको छ । यस मौसममा शरीरलाई आर्द्र राख्नु जरूरी हुन्छ । त्यसका लागि मौसमी फल र सागपातको सेवन गर्नुपर्ने हुन्छ ।

फलले शरीरलाई आर्द्र राख्ने मात्र नभई रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । हुन त सबै फल स्वास्थ्यका लागि राम्रै हुन्छन् तर गर्मीमा खरबुजा स्वास्थ्यका लागि निकै लाभदायक छ । खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

खरबुजाका फाइदा

यो रसिलो फलमा इलेक्ट्रोलाइट्स हुन्छ जसले रक्तचापलाई सामान्य राख्छ ।
खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले तपाईंको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ ।
खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम गर्छ ।
खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनरलले तपाईंलाई ऊर्जावान् राख्न मद्दत गर्छ ।
तीब्र रुपमा तौल कम गर्न चाहनुहुन्छ भने खरबुजालाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् ।
खरबुजामा लाइकोपिन नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तपाईंको स्वास्थ्य समस्याजस्तै क्यान्सर र मधुमेहको खतरालाई रोक्न मद्दत गर्छ ।
एमिनो एसिडले भरपुर खरबुजाले तपाईंको मुटुको स्वास्थ्यका लागि शानदार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?