मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बढी हाई आउनु हुनसक्छ गम्भीर रोगको लक्षण 

निन्द्रा पुरा नहुँदा, बढी थकाइ अनुभव भए पछि हाई आउनु वा हाई काढ्नु सामान्य कुरा हो । तर के तपाइले ध्यान दिनु भएको छ , थुप्रै व्यक्ति निरन्तर केही अन्तरालमा हाई काढ्ने गरेका छन् ।

यो स्वास्थ्य को लागि राम्रो सङ्केत होइन । थुप्रै पटक धेरै बढी हाई काढ्नु को सम्बन्ध केही गम्भीर रोग सँग पनि हुन सक्छ । हाई काढ्नु लाई धेरै जसो निन्द्रा सँग जोडेर देखिने गरिएको छ ।

तर यस्तो पनि व्यक्ति छन् जो पुर्न निन्द्रा लिए पनि दिनभरि हाई काढी रहेका हुन्छन् । यस्तो भए शरीरको प्रक्रियामा केही गडबडी त छैन भनेर जान्ने प्रयास गर्नु पर्छ ।

यदि तपाइ घेरै बढी हाई काढ्नु हुन्छ जो १५ मिनेटको समय मा तिन पटक भन्दा बढी छ भने यो स्वास्थ्य समस्याको सङ्केत हुन सक्छ । उसो हाई काढ्ने को कुनै यकिन कारण छैन, यसलाई धेरै जसो थाकिएको अवस्था अन्तर्गत हुने स्वाभाविक प्रक्रिया को रूपमा देखिने गरिन्छ ।

वास्तवमा हाई काढ्ने सामान्यतया निन्द्रा वा थकाइ को कारणले हुन्छ । थाके पछि वा वाक्क भए पछि हाई काढ्नु स्वाभाविक हो । अत्यधिक हाई काढ्नु अन्य स्वास्थ्य स्थितिको कारण पनि हुन सक्छ ।

बढी हाई काढ्नु पछाडि को स्वास्थ्य समस्याहरूको सङ्केत बढी हाई काढ्नू को पछाडि निन्द्रा को कमी सबै भन्दा सामान्य कारक मध्ये एक हो ।

–यो कुनै स्वास्थ्य अवस्था जस्तै स्लिप एप्निया वा अनिन्द्रा को कारण हुन सक्छ । स्लिप एप्निया एउटा गम्भीर निन्द्रा विकार हो जसमा सास बारम्बार रोकिन्छ र शुरु हुन्छ । यदि जोडले घुर्ने व्यक्ति रात भरको निन्द्रा पछि समेत थाकेको अनुभव गर्छन् भने स्लिप एप्नियाको बिरामी हुन सक्छन् । 

–कुनै विशेष औषधि लिएको साइड इफेक्टमा पनि बढी हाई आउन सक्छ । केही एन्टिसाइकोटिक्स वा एन्टीडिप्रेसेन्ट औषधि साइड इफेक्ट को रूपमा बढी हाईको कारण बन्न सक्छ । यो समस्या वाट बाच्न विना डाक्टरको सल्लाह औषधि सेवन गर्नु हुदैन ।

–बढी हाई काढ्नू ब्रेन डिसअर्डर र को पनि सङ्केत हुन सक्छ । पार्किन्सन्स रोग, मल्टिपल स्केलेरोसिस, माइग्रेन टाउको दुखाइ जस्तो अवस्था बढी हाई काढ्ने कारण बन्न सक्छ ।

–स्वास्थ्य विशेषज्ञ अनुसार बढी हाई काढ्नू चिन्ता वा तनाव को कारण हुन सक्छ । यस्तो मा हाई काढ्नू व्यक्ति विशेषको लागि तनाव सँग जुध्ने एउटा तरिका हुन सक्छ । 

–यस्तै मुटु को समस्याको कारण समेत बारम्बार हाई आउँछ । शरीरको चारै तिर अक्सिजनको आपूर्ति प्रभावित हुँदा पनि हाई आउने गरेको छ ।

–मिर्गी -छारे रोग (एपलेप्सी) को रोग वाट पीडित व्यक्ति मिर्गीको एट्याक हुनु भन्दा अघि वा पछि धेरै बढी हाई काढ्छन् । यो बाहेक मिर्गी को कारणले बिरामी लाई बढी थकाइ अनुभव हुन लाग्छ र यो कारणले पनि बिरामी हाई काढ्छन् । 

–यस्तै कलेजो फेल भएका मानिसहरू बढी थकाइ अनुभव गर्न थाल्छन् र एक दिनमा थुप्रै पटक हाइ काढ्न थाल्छन् । 

–हाइ काढ्नुको एउटा कारण डिप्रेसन (उदासी रोग) पनि हो । यस्तो अवस्थामा व्यक्ति धेरै थकाइ अनुभव गर्छ वा एन्टि डिप्रेसेन्ट औषधि हरूको सेवन गर्ने कारण धेरै बढी हाइ आउने गरेको छ ।

धेरै बढी हाई आउनुको थुप्रै सम्भावित कारणले गर्दा चिकित्सकसँग यो विषयमा परामर्श लिन आवश्यक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?