मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुपर कम्प्युटर भनेको के हो ? कसरी काम गर्छ ? 

काठमाडौँ– आधुनिक विश्वको विकासका लागि कम्प्युटरको महत्त्व धेरै छ । योसँगै विश्वका विकसित मुलुकहरूले सुपर कम्प्युटरको विकास तथा विस्तारमा चासो दिइरहेका छन् ।

विज्ञान तथा प्रविधि जगतमा सुपर कम्प्युटर अत्यावश्यक साधनको रूपमा प्रयोग हुने गरेको छ । तर धेरै मानिसलाई सुपर कम्प्युटरको बारेमा थाहा नहुन पनि सक्छ । त्यसकारण आज हामी तपाइलाई सुपर कम्प्युटरका बारेमा जानकारी दिँदै छौ । 

के हो सुपर कम्प्युटर भनेको ?

सुपर कम्प्युटर एउटा यस्तो सिस्टम हो जुन हार्डवेयर र सफ्टवेयर प्रयोग नीतिको जटिल सम्मिश्रणबाट बनेको हुन्छ । यसको सिस्टममा सयौँ सिपियु, धेरै मेमोरी र बहुप्रयोगकर्ताले प्रयोग गरी सेवा दिन सक्ने क्षमता हुन्छ । 

सुपर कम्प्युटरलाई कुनै तथ्याङ्क वा विवरण दिइयो भने प्रशोधन गरेर त्यसले छिटो समयमा नै नतिजा निकाल्न सक्छ । सुपर कम्प्युटरले पनि साधारण कम्प्युटरले जसरी नै काम गर्छ । तर निकै कठिन धेरै काम र गणना एकै चोटि गर्न सक्छ । 

सुपर कम्प्युटरको प्रयोग

– गाडी डिजाइनदेखि मौसम तथा प्राकृतिक विपत्तिको पूर्वानुमानसँगै नयाँ औषधिको खोज गर्न ।

– तेल वा ग्यासको नयाँ स्रोत पत्ता लगाउनका साथै उत्पादनको डिजाइन तथा मोडल तयार गर्न ।

– न्यूक्लियर परीक्षण, मिसाइल प्रक्षेपण लगायतका धेरै तथ्याङ्क प्रशोधन गर्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?