मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन प्रयोग गर्ने डिजिटल बैङ्किङ ?

काठमाडौँ– आजको डिजिटल युगले मानिसले गर्नुपर्ने धेरै कुराहरूमा सहजता थपिदिएको छ ।

यस्तै प्रविधिको विकाससँगै पछिल्लो समय बैङ्क तथा वित्त संस्थामा पनि डिजिटल बैङ्किङ अर्थात् अनलाइन बैङ्किङको प्रयोग व्यापक हुन थालेको छ ।

आजभोलि पहिलेको जस्तो पैसाको कारोबार गर्नका लागि बैङ्कको शाखाहरूमा धाइरहन पर्दैन । घरमै बसेर केही समयमै प्रविधिको प्रयोगबाट बैङ्कका  धेरै सुविधाहरू लिन सकिन्छ ।

तर अझै पनि कतिपय मानिसहरूलाई डिजिटल बैङ्किङका फाइदाहरूका बारेमा थाहा नहुन पनि सक्छ । त्यस कारण आज हामी तपाइलाई  डिजिटल बैङ्किङका फाइदाका बारेमा जानकारी दिँदै छौँ ।

यस्ता छन् डिजिटल बैङ्किङका फाइदाहरू

– घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सकिने ।

– चेक बुक र एटिएम कार्ड को लागी आवेदन दिन बैङ्कमा धाइरहनु पर्दैन ।

– घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सकिने ।

– क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सकिने ।

– पसल, सपिङ मल, होटेल आदिमा अनलाइन भुक्तानी गर्न सकिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?