मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रजनन क्षमता बढाउन खानुहोस् यी खानेकुरा 

गर्भधारणका लागि पुरुषको स्पर्म ९शुक्राणु०को गुणस्तर राम्रो हुनु र महिलाको डिम्ब अर्थात् अण्डा पनि गुणस्तरीय हुनु अति आवश्यक छ ।

तर बढ्दो तौल, खराब खानपान, अत्यधिक तनाव र बढ्दो उमेरले गर्भधारण गर्न कठिनाइ हुन्छ । शरीरमा पोषक तत्त्वको कमीका कारण प्रजनन क्षमतामा असर पर्छ ।

यस्तो अवस्थामा यो समस्याबाट बच्न र प्रजनन क्षमता बढाउन केही विशेष सुपरफुडहरूको सेवन गर्न सकिन्छ ।

घिउ
आयुर्वेदका अनुसार गाईको घिउ एक पवित्र पदार्थ हो, जसले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । प्रजनन क्षमता लागि गाईको घिउ वरदान साबित हुनसक्छ । यसले गर्भधारण गर्न धेरै सजिलो बनाउँछ ।

खजुर
खजुर धेरै पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यो सबै उमेरका मानिसका लागि आवश्यक छ र यसका धेरै स्वास्थ्य लाभहरू छन् । पुरुष र महिला दुवैका लागि प्रजनन क्षमता बढाउन प्रभावकारी साबित हुनसक्छ । यसले शरीरलाई पर्याप्त ऊर्जा प्रदान गर्छ । यसको नियमित सेवनले महिलाको प्रजनन क्षमतालाई बलियो बनाउँदै गर्भधारण गर्न सजिलो बनाउँछ ।

अनार
अनारले शुक्रकीटको गुणस्तर सुधार गर्छ । अनारले शुक्रकीटको गुणस्तर बढाउँछ र महिलाहरूको स्वस्थ हार्मोनल चक्रलाई सुधार्छ । महिलामा हार्मोन सन्तुलित रह्यो भने प्रजनन क्षमता कायम राख्न सजिलो हुन्छ । पुरुषमा गर्भधारणको समयमा शुक्राणुको गुणस्तर धेरै महत्त्वपूर्ण हुन्छ । 

सिमी र दाल
सिमी र दाल फाइबर र फोलेटका उत्कृष्ट स्रोत हुन् । यी दुवैले स्वस्थ हार्मोनल सन्तुलन कायम राख्न सहयोग गर्छ । दालमा ‘पोलिमाइन स्पर्मिडिन’को स्तर उच्च हुन्छ, जसले शुक्राणु र अण्डाको गुणस्तरलाई राम्रो बनाउँछ । साथै दाल र सिमीमा प्रोटिन पनि उच्च हुन्छ, जसले स्वस्थ ओभिलियसनलाई बढाउन सहयोग गर्छ ।

माछा
ओमेगा–३ फ्याटी एसिड प्रजनन स्वास्थ्यका लागि राम्रो हुन्छ, जुन माछामा प्रशस्त मात्रामा पाइन्छ । यो फ्याटी एसिडले रक्तसञ्चार सुधार गर्छ । स्वस्थ शुक्रकीटको विकासमा मद्दत गरेर प्रजनन क्षमता बढाउँछ । यसबाहेक यसले महिलामा महिनावारी चक्रलाई पनि नियमित गर्छ ।

दुग्धजन्य पदार्थ
दुग्धजन्य पदार्थको सेवनले शारीरिक शक्ति प्राप्त हुनुका साथै प्रजनन क्षमता बढाउन पनि मद्दत गर्छ । यसमा धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ जसले शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ ।

केरा
केरा खाँदा पनि प्रजनन क्षमतामा सुधार हुन्छ । यसमा पोटासियम र भिटामिन बी–६ पर्याप्त मात्रामा पाइन्छ । प्रजनन क्षमता बढाउने केरालाई दैनिक रूपमा सेवन गर्नुपर्छ ।

हरियो तरकारी
हरियो सागपातको सेवनले प्रजनन अङ्गलाई स्वस्थ राख्छ । महिलाले आफ्नो प्रजनन क्षमता बढाउन आफ्नो आहारमा हरियो सागसब्जी समावेश गर्नुपर्छ । यसमा भिटामिन बी र फोलेट प्रचुर मात्रामा पाइन्छ । जसले महिलाको प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

सूर्यमुखीको बीउ
सूर्यमुखीको बीउले महिला र पुरुष दुवैको प्रजनन क्षमता बढाउन मद्दत गर्छ । सूर्यमुखीको बीउमा भिटामिन ई, फोलेट, सेलेनियम, ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पाइन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?