काठमाडौँ – फिल्म ‘एक्लो’बाट डान्सर कविता नेपालीले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । प्रदीप खड्का स्टारर आगामी फिल्म ‘एक्लो’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी हुन् । केही दिनअघि निर्मातासँग उनको लिखित सहमति भएको छ ।
फिल्मको शीर्षमध्येको भूमिकामा उनले अभिनय गर्न लागेको निर्देशक प्रदीप शाहीले बताए । नृत्यमा आधारित फ्रेन्चाइज टिभी रियालिटी शो ‘बुगी उगी’की विजेता समेत रहेकी कविता र निर्माताबीच फिल्मका लागी लिखित सहमति भएको छ । कविता पछिल्लो समय नेपाली म्युजिक भिडियोमा व्यस्त छिन् ।
यो फिल्ममा विजय लामा, बेनिशा हमाल, सुनिल थापा, एवनराज उप्रेतीलगायतले पनि अभिनय गर्ने जनाइएको छ । साइन्स फिक्सन जनरामा आधारित रहेर बनाउने भनिएको यो फिल्ममा प्रदीप सुरुमै जोडिएका थिए ।
भदौदेखि छायांकन सुरु हुने तयारीमा रहेको फिल्म महामारी सिर्जना गर्ने एक भाइरसको कथावस्तुमा बन्न लागेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया