मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिल्लीका मुख्यमन्त्री केजरीवाल १५ दिनको लागि न्यायिक हिरासतमा

काठमाडौँ – भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ।

दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए ।

ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्ड समेत नदिएको बताएको थियो ।

केजरीवालले अदालतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो नभएको बताएका थिए ।

केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?