काठमाडौँ – कपिल शर्माको प्रतीक्षित रियालिटी शो ‘द ग्रेट इण्डियन कपिल शो’ नेटफिल्क्समा स्ट्रिमिङ हुन थालेको छ ।
पहिलो एपिसोडमा रणवीर कपुर, नीतू कपुर र रिद्दिमा कपुर उपस्थित थिए । त्यस्तै शो माकपिलसहित अर्चना पुरण सिंह, कृष्ण अभिषेक, कीकू शारदा र सुनिल ग्रोवरको कमेडी हेर्न पाइने छ ।
पहिलो एपिसोडको महत्त्वपूर्ण पक्ष भनेको कपिल र सुनिलको जोडी हो । पहिलो एपिसोडमै उनले जुन प्रकारको प्रस्तुति दिए, त्यसलाई दर्शकले आगामी दिनमा पनि रुचाउने विश्वास गर्न सकिन्छ ।
पहिलो एपिसोडका अतिथि बनेका रणवीर, उनकी आमा र दिदीले परिवारका रमाइला किस्सा शेयर गरे जसलाई यसअघि सुनिएको थिएन । नीतु कपुरले ऋषिबारे बोल्दै उनी कडा स्वभावको पिता भएको बताइन् । घरमा उनी रिसाउँदा सबै जना काँप्ने उनको भनाई थियो ।
६ वर्षपछि यो शोमा सुनिल ग्रोवरको पुनरागमन भएको छ । यसपटक उनी शोमा डफ्ली बनेर आएका छन् । आफ्नो पक्षको कमेडीमा उनले प्राण भरेको देख्न सकिन्छ । कृष्ण अभिषेकसहितका अन्य कलाकारले मजाले हँसाए ।
वर्षौंदेखि सुनिल र कपिललाई एकसाथ हेर्न फ्यान उत्साहित थिए । नेटफिल्क्सले यो सावित गरेर देखाइदियो । शोमा सुनिलको एन्ट्रीलाई दर्शकले गड्गडाहट तालीले स्वागत गरे ।
यद्यपि नयाँ शो भएपनि जोक्स पुरानै भएको भन्दै कपिलप्रति टिप्पणी पनि उठेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया