काठमाडौँ – साथीसँगै रिल्स भिडियो हेर्न मिल्ने फिचर ल्याउने तयारीमा इन्स्टाग्राम लागेको छ ।
सामाजिक सञ्जालले ल्याउने फिचरहरू सार्वजनिक हुनु अगावै पत्ता लगाउँदै आएका रिभर्स इन्जिनियर एलेसान्ड्रो पालुज्जीले पहिलो पटक यस फिचर फेला पारेका हुन् ।
ब्लेन्ड’ नाम दिइएको यस फिचरको सहयोगबाट तपाईंले आफ्नो कुनै एक साथीलाई सँगै रिल्स हेर्न निम्ता दिन सक्नु हुनेछ ।
त्यसपछि तपाईँ र तपाईँको साथीको रुचिका आधारमा प्लेटफर्ममा रिल्स देखाउन प्राइभेट फिड तयार हुनेछ । तर यसबारे त्यति धेरै जानकारी भने बाहिरिएको छैन ।
यसले स्पोटिफाईको ‘ब्लेन्ड प्ले’ जसरी काम गर्ने अनुमान छ । स्पोटिफाईको उक्त फिचरमा तपाईँ र तपाईँको साथीको रुचिका आधारमा संयुक्त प्लेलिस्ट बन्ने गर्छ । तर इन्स्टाग्राममा भने गीत नभएर तपाईँहरू दुई जनाको रिल्सको फिड मर्ज हुने भएको हो ।
यसरी मर्ज भएको रिल्सको फिड तपाईँ र तपाईँको साथीले मात्र हेर्न सक्नुहुने छ । साथै त्यसरी शेयर गरिएको रिल जुनै समयमा पनि हटाउन सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया