मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम उमेरमै किन फुल्छ कपाल ? कसरी गर्ने उपचार ?

आजभोलि कम उमेरमै कपाल फुल्ने समस्या देखी धेरै व्यक्ति ग्रसित छन् । विशेष गरी उमेर नपुगेका युवा युवतीमा यो समस्या बढी छ ।

उमेर नपुगी नै कपाल फुल्दा उनीहरूको लागि यो चिन्ताको विषय बनेको छ । कपाल फुल्दा मानिसलाई बुढो देखिने वा आफूलाई बुढ्यौली महसुस हुने भएकोले यो सबैको चिन्ताको विषय पनि बनेको छ ।

उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक प्रसाधनका सामान प्रयोग गरी कपालमा विभिन्न कलर गर्ने गर्दछन् ।  

यसबाट केही समयको लागि कपाल फुल्ने समस्याबाट राहत पाए पनि यसमा विभिन्न केमिकल मिसाइने भएको हुनाले पछि यसको नकारात्मक असरहरू देखा पर्न सक्छ ।

आज हामी तपाईँलाई घरेलु उपायबाट कसरी कपाल फुल्ने समस्याबाट छुटकारा हुन्छ त्यो बताउने छौँ ।

अमला

कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउकोमा लगाउनुहोस् । तेलले मालिस गर्नुस्, र कपाल धुनुभन्दा पहिला एक घण्टा अथवा रातभरि छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुई पटकसम्म गर्नुस्।

प्याजको रस 

प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्त्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालु खुइले हुनबाट रोक्न मद्दत गर्छ । प्याज र कागतीको रस मिलाउनुस् आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि धुनुहोस् । प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ । 

बदामको तेल

बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईँको कपाल बिस्तारै बिस्तारै कालो चमकदार हुनेछ ।  

तिलको तेल

तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्चा कालो तिलको बिउलाई कम्तीमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । लौकाको रसमा जैतुनको तेल वा तिलको तेल लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?