मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कास्कीमा जीप दुर्घटनामा १२ जना घाइते

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जीप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै रहेकाले घाइतेको अवस्था एकिन हुन सकेको छैन । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?