मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरज्वाइँमा यस्ता देखिए दयाहाङ र मिरुना

काठमाडौँ – मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को क्रेक्टर लुक्स आइतबार सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका लुक्स मध्ये एउटामा अभिनेता दयाहाङ राई बन्दुक बोकेर रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरको पछि हिडिरहेका छन् ।

क्यारेक्टर लुक्सबाट फिल्मको थीम अनुमान लगाउन मद्दत मिलेको छ । पूर्वी रुकुम आसपारमा करिव एक महिना छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवादमा भने उनले बिनोद खतिवडा र सुभाष कोइरालाको साथ पाएका छन् ।

जिएम मुभीजको ब्यानरमा निर्माण भएको फिलम सुसन प्रजापतिले खिचेका हुन । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । फिल्मलाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।

असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन ९खबपु०,राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगरले अभिनय गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?