काठमाडौँ – फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ले गफाडी प्रतियोगिता आयोजना गरेको छ । प्रतिस्पर्धामा सहभागि हुन चाहनेले डिग्री माइला पात्र बनेर, आफ्नै बारेमा गफ दिएर भिडियो पठाउनुपर्नेछ ।
प्रतिस्पर्धामा सहभागि हुन चाहनेले भिडियोको लम्बाइ अधिकतम ३ मिनेट बनाउनु पर्नेछ । कम्पनीको बाँसुरी फिल्मस् नामक यूट्यूब च्यानलसमेत सस्क्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडिओमा फिल्मको नाम र रिलिज मिति लेखिएको हुनुपर्नेछ ।
भिडिओलाई यो फिल्मको निर्माण कम्पनी बाँसुरी फिल्म्सलाई फेसबुकमा ट्याग गर्दै इमेलसमेत गर्नुपर्नेछ । चैत ३० गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको लागी आयोजना गरिएको गफाडी प्रतियोगिताको भिडियो चैत २७ गतेसम्म आवेदन दिनुपर्नेछ ।
पहिलो, दोस्रो र तेस्रो हुनेले विभिन्न ब्राण्डका मोबाइल पुरस्कार प्राप्त गर्ने जनाइएको छ । सन्त्वना पुरस्कारस्वरुप ५० वटा टिकट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया