मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने

नवलपरासी ‘बर्दघाट सुस्ता’ पश्चिम । पश्चिम नवलपरासीमा भोलिदेखि मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितमा सातवटै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा टोली २२ अप्रिलदेखि बङ्गलादेशमा हुने बङ्गबन्धु कप प्रतियोगितामा भाग लिने प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए । पश्चिम नवलपरासी कबड्डीको लागि उर्वरभूमि भएकाले प्रतियोगिता यहाँ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट १२ खेलाडिसहित प्रशिक्षक र व्यवस्थापक गरी कूल एक सय २९ जनाको सहभागी हुने समितिका अध्यक्ष रितमानकामु मगरले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा रु ३२ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य प्रवर्द्धन, लुम्बिनी प्रदेश कबड्डी संघको समन्वय र कबड्डी संघ नवलपरासीको सहआयोजनामा सञ्चालन हुने प्रतियोगिता यही चैत १९ गतेदेखि सुरु भई २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता समूहले रु एक लाख पचास हजार नगदसहित मेडल प्राप्त गर्नेछन् । उपविजेता समूहले रु एक लाख पाउने छन् । सेमिफाईनलमा पुग्ने समूहलाई रु ५०र५० हजार पुरस्कारको व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?