मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य आज स्थिर, कतिमा हुँदै छ किनबेच ?

जोयनेपाल
3.4k
Shares
फाइल तस्वीर ।

काठमाडौँ – साताको पहिलो दिन अर्थात् आज सुनको भाउ स्थिर छ। 

बिहीबार र शुक्रबार नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको सुनको मूल्य आज यथावत् रहेको हो । 

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ र शुक्रबार प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो।

आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यसै गरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?