मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित अमेरिकन युटयुबरको हैटीमा अपहरण, ६ लाख डलर फिरौती माग

काठमाडौँ – एक प्रसिद्ध अमेरिकी युटयुबर हैटीमा अपहरण परेका छन् । हैटीका एक गिरोह नेता अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन् ।

अमेरिकी युटयुबर एडिसन पियरे मालौफ अपहरणमा परे पछि उनलाई छुटाउने प्रयास भइरहेको छ । हाइटीको शासक भएको दाबी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाई अरबी भनेर पनि सम्बोधन पनि गरिने गरिएको छ ।

न्युयोर्क पोस्टका अनुसार, जर्जियामा आधारित युटयुबर हैटीको सबैभन्दा कुख्यात गिरोह नेता जिमी बार्बेक चारिजियरको अन्तर्वार्ता लिन हिंसाग्रस्त देशको यात्रा गरेका थिए ।

गत मार्च १४ मा अमेरिकी युटयुबर हाइटीमा आइपुगेको मात्र २४ घण्टा पछि उनी र उनका एक सहयोगीलाई माभोजो गिरोह सदस्यहरूले कब्जा गरेको जनाइएको छ ।

समाचार अनुसार ती अमेरिकी युट्युबरलाई ६ लाख डलर फिरौतीका लागि अपहरण गरिएको छ । उनको रिहाइको लागि ४० हजार अमेरिकन डलर पहिले नै भुक्तान गरिएको छ तर अपहरणकर्ताहरूले मालोफको सुरक्षित रिहाइको लागि ठूलो रकमको माग गरिरहेका छन्। 

अपहरण गरिएका युट्युबर मालोफका युट्युबमा १४ लाखभन्दा बढी फलोअर्स छन् । उनी ती खतरनाक ठाउँहरू अन्वेषण गर्नका लागि प्रसिद्ध छन्, जहाँ कोही पनि जाँदैनन्।

अमेरिकी यु टयुबर बेपत्ता भएको खबर अनलाइन समाचार च्यानलमा फैलिए पछि उनका साथी स्ट्रिमर लेलेमले आफ्नो साथी अपहरणमा परेको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?