काठमाडौँ – काठमाडौँको ठमेल र दरबार मार्गलाई आउँदो वैशाख १ गते नयाँ वर्षको पहिलो दिनदेखि चौबीसै घण्टा खुलाउने गरी तयारी शुरु भएको छ ।
त्यसका लागि जिल्ला प्रशासन कार्यालयले व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने अनि रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि हुने लागेको यो कामको स्थानीयबासिन्दाले भने विरोध जनाएका छन् ।
निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने बाटोमै ठमेलका घरधनीहरू अघि बढेका छन् ।
आचारसंहिता बनाउँदा यस क्षेत्रका घरधनीलाई नसमेटेको,चौबीसै घण्टा खुला गर्ने निर्णय गर्नु पूर्व यस क्षेत्रको समस्याकाबारेमा अध्ययन नगरेको तथा कति क्षेत्रलाई ठमेल मान्ने भन्ने प्रस्ट नभएको जस्ता विषयमा उनीहरूका असन्तुष्टि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया