मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माइक्रोसफ्ट र ओपनएआईले ‘सुपर कम्प्युटर’ निर्माण गर्दै

काठमाडौँ –  माइक्रोसफ्ट र ओपन एआईले सुपर कम्प्युटर निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । 

उनीहरूले एआई सम्बन्धी कामका लागि ‘स्टारगेट’ नामको सुपर कम्प्युटर बनाउन लागेका हुन् । यो सन् २०२८ मा सार्वजनिक गर्ने अनुमान छ ।

यसका लागि यी कम्पनीले १०० अर्ब डलर अर्थात् करिब १३३ खर्ब १९ अर्ब ५८ करोड रुपैयाँ खर्च गर्ने छन् । 

द इन्फर्मेसनका अनुसार यस परियोजनाले एआई सम्बन्धी जटिल काम गर्न आवश्यक पर्ने शक्तिशाली डेटा सेन्टरको पूर्ति गर्नेछ ।

अहिले उनीहरू यी दुई कम्पनीले अलि सानो आकारको सुपर कम्प्युटर बनाइरहेका छन्। त्यसको निर्माण कार्य सन् २०२६ मा सकिने बताइएको छ । 

स्टारगेट भने माइक्रोसफ्ट र ओपनएआईले विभाजन गरेको एआई सम्बन्धी पाँच–चरणका योजना मध्येको अन्तिम चरण भएको बताइएको छ । 

यस परियोजनाले एआईको सम्भावनालाई अझै अघि बढाउने अनुमान गरिएको छ । हाल माइक्रोसफ्ट र ओपनएआई बाहेक प्रविधिका अन्य ठूला कम्पनी पनि यस दौडमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?