मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउदीको मस्जिदमा रोबर्टले पढाउने थाल्यो ११ भाषामा इस्लामको ज्ञान

काठमाडौँ – साउदी अरबको एक चर्चित मस्जिदमा अब रोबर्टले जानकारी दिने कार्य शुरू गरेको छ । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग भएको रोवर्ट  साउदी अरेबियाको ग्रान्ड मस्जिदमा प्रयोग भइरहेको हो ।

यस मस्जिदका धेरै ठाउँमा रोबोट जडान गरिएको छ, जसले रमजान महिनामा मस्जिदमा आउने भक्तजनको अनुभवमा सुधार गरिरहेको छ । 

रोबोटमा ठूलो स्क्रिन टच एलसीडी जडान गरिएको छ, जसमार्फत ११ भाषामा आधुनिक इस्लामका बारेमा जानकारी दिइँने गरिएको छ । यसमार्फत सम्पूर्ण मस्जिदलाई एकै साथ कुनै पनि जानकारी दिन सकिन्छ।

गल्फ न्यूजका अनुसार यी रोबोटको माध्यमबाट मस्जिद पुग्ने व्यक्तिले इस्लामसँग सम्बन्धित कुनै पनि प्रश्न सोध्न सक्छन्। यस मेसिन मार्फत धर्मगुरुहरूलाई पनि अनलाइन सम्पर्क गर्न सकिन्छ।

होली मस्जिदका धार्मिक मामिलाका अध्यक्ष अब्दुलरहमान अल सुदाइसले आधुनिक इस्लाम फैलाउन उन्नत प्रविधिको प्रयोगको महत्त्वमा जोड दिएका छन्।

मौलवीले भने, ‘भक्तहरूको अनुभव सुधार गर्न मस्जिदमा एआई प्रयोग भइरहेको छ। उदार इस्लामको सन्देश विश्वलाई धेरै भाषामा दिन सकोस् भनेर राजाले रमजान महिनामा यसको शुभारम्भ गरेका थिए ।’

मस्जिदमा जडान गरिएका रोबोटले अरबी, अङ्ग्रेजी, फ्रेन्च, रुसी, फारसी, टर्की, उर्दू, चाइनिज र बंगालीलगायत ११ भाषामा जानकारी दिइरहेको छ । यी भाषाहरूमा रोबोटसँग प्रत्यक्ष कुरा गर्न सकिन्छ। रोबोटमा २१ इन्चको टच स्क्रिन पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?