काठमाडौँ – मलेसियामा एक सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको छ।
सो खबर बाहिरिएसँगै इस्लाम धर्मावलम्बीमा आक्रोश पैदा भएको थियो, परिणाम स्वरूप सो स्टोरमा मोलोटोभ ककटेल प्रहार गरिएको हो ।
केके सुपर मार्ट चेनका शीर्ष अधिकारीहरूलाई मोजा बेचेको कारण धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाइएको केही दिनपछि शनिबारको आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मलेसियाको पूर्वमा रहेको कुआन्तान सहरका प्रहरी प्रमुख वान मोहम्मद जाहारी वान बुसुले विस्फोटक पदार्थका कारण सो स्टोरको शाखाको प्रवेशद्वारमा आगो लागेको तर कुनै मानवीय क्षति भने नभएको बताए।
‘आक्रमण अझै पनि अनुसन्धानको क्रममा थियो तर हामी यो कुरालाई अस्वीकार गर्दैनौँ कि यो ‘अल्लाह’ लेखिएको मोजा विक्री गरिएको घटनासँग सम्बन्धित हुन सक्छ,’ उनले भने ।
सो स्टोरले विक्रीमा राखेका त्यस्ता मोजाहरूका तस्बिरहरू यस महिना सोसल मिडियामा फैलिए पछि मुस्लिम समुदायका बीचमा सार्वजनिक क्रोध उत्पन्न भयो । तिनीहरू स्टोरको सो कार्य अपमानजनक ठानेका छन् । किनभने, तिनीहरू रमजानको पवित्र उपवास महिनामा खरिद गर्नका लागि सो स्टोरमा प्रवेश गरेका थिए ।
मलेसियाको ३४ मिलियन जनसङ्ख्याको लगभग दुई तिहाइ मलया मुस्लिमको रहेको छ, अल्पसङ्ख्यक जातीय चिनियाँ र भारतीय मूलका मानिसहरूले पनि इस्लाम धर्म मानिरहेका छन् ।
सो स्टोरले मुस्लिम समुदाय र इस्लाम धर्मप्रति वितृष्णा फैलाएको उनीहरूको बुझाइ रहेको छ । हालसम्म कोही पक्राउ परेका छैनन् र सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया