मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान खाली पेटमा जीरा पानी पिउनु फाइदै फाइदा

काठमाडौँ – घरको भान्छामा यस्ता धेरै तत्व हुन्छन् जसको उचित प्रयोग गर्दा धेरै स्वास्थ्य लाभ हुन्छ । ती मध्ये एक हो जीरा।जीराको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

यसलाई दैनिक पिउनाले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दैनिक जिराको पानी पिउनाले पाचन सम्बन्धी समस्या निको हुन्छ । जुन स्वास्थ्यका लागि भरिपूर्ण छन्। यद्यपि धेरैजसो यसबारे अनभिज्ञ छन् ।

यी मध्ये एक जीरा हो जसमा सुगन्ध र स्वाद मात्र नभई स्वास्थ्यका लागि धेरै फाइदा छ । आउनुहोस् जानौं हरेक बिहान खाली पेटमा जीराको पानी पिउनुका फाइदाहरू।

१. वजन घटाउनुहोस् : वेब मेडमा प्रकाशित एक रिपोर्ट अनुसार, जीरा वजन कम गर्न धेरै सहयोगी हुन सक्छ। यदि तपाईको तौल पनि धेरै छ भने तपाईले दैनिक बिहान जीराको पानी पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि एक चम्चा जीरालाई एक गिलास पानीमा रातभर भिजाउनुहोस् । बिहान उमालेर यो पानी चिया जस्तै पिउनुहोस्। बाँकी जीरा खानुहोस्। यसको दैनिक सेवन गर्नाले शरीरको अतिरिक्त बोसो हट्छ तर यो कुरा ध्यानमा राख्नुहोस् कि यो पानी पिएपछि १ घण्टासम्म केही पनि नखानुहोस् ।

२. पाचन प्रक्रियामा सुधार : जीराको पानी दैनिक सेवनले पाचनमा मद्दत गर्छ। साथै यसले ग्यास र ब्लोटिंग निको पार्छ। यसको नियमित सेवनले पेट राम्रोसँग सफा हुन्छ । पेटमा भारीपन हुँदैन । पेटको जलन, एसिडिटीमा पनि फाइदाजनक हुन्छ ।

३. खराब कोलेस्ट्रोल घटाउनुहोस् : जीरा पानीको दैनिक सेवनले खराब कोलेस्ट्रोल कम गर्न सकिन्छ। तपाईं यसलाई दैनिक उपभोग गर्न सक्नुहुन्छ। यसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ।

४. शरीरलाई हाइड्रेटेड राख्नुहोस् : गर्मीको मौसममा जीराको पानी दिनहुँ पिउनुपर्छ। जीराको पानीले शरीरलाई हाइड्रेट राख्छ। यसले शरीरबाट विषाक्त पदार्थ निकाल्छ।

५. रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी : दैनिक जीराको पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । साथै यो एनीमियाको राम्रो उपचारको लागि पनि प्रयोग गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?