मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायक रूपक डोटेलको ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

काठमाडौँ – गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मणि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा सङ्गीत गायक डोटेल आफैँले भरेका छन् ।

भावनात्मक शैलीको उक्त गीतमा प्रेमपीडा व्यक्त गरिएको छ । गीतमा गायकले प्रेमिकाले आफ्नो माया नबुझेको गुनासो पोखेका छन् । गीतको भिडियोमा एक जोडी प्रेमीको प्रेम र विछोड देखाउन खोजिएको छ । भिडियोमा गायक डोटेल आफैँ देखिएका छन्, भने उनलाई अभिनयमा गरिमा शर्माले साथ दिएका छन् ।

उत्तम हुमागाईंको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का हुन्। गायक डोटेलले पाँच सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

गायक डोटेलका ‘वनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि !!’ लगायत थुप्रै गीत चर्चित छन् । डोटेल सेन्टिमेन्टलका अलावा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा चिनिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?