काठमाडौँ– मानिसहरुले आफ्नो महत्वकांक्षाका कारण प्रकृतिलाई नै चुनौती दिएरहेका छन् । प्रविधिको विकाससँगै मानिसले उड्ने देखि गुड्नेसम्मका र कुनै महलभन्दा कम नलाग्ने तर समुन्द्रमा तैरिने पानीजहाजहरुको कुरा गर्दा तपाईं हामीलाई सामान्य नै लाग्न सक्छ । तर पानीमुनि भव्य होटल छ भन्ने सुन्दा अचम्म पनि लाग्न सक्छ ।
हो, यस्तो एउटा होटल छ, जुन पानीमुनि बनेको छ । र, यो झट्ट हेर्दा कुनै दरबार भन्दा कम छैन् । यसको पर्खाल हेर्दा पानीले बनेको जस्तो लाग्छ । चारैतिर माछा मात्र देख्न पाइन्छ ।
मिडिया रिर्पोटका अनुसार यो होटल निकै महङ्गो रहेको छ ।
ट्राभल कपल नामक इन्स्टाग्राम अकाउन्टमा केही दिन अघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेको एक भिडियोमा संसारको सबैभन्दा महँगो अन्डरवाटर होटल देख्न पाइने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यो होटल पूर्णतया समुद्रमुनि बनाइएको बताइएको छ ।
द सन वेबसाइटको रिपोर्ट अनुसार यस होटलको नाम मुराका हो जुन माल्दिभ्समा छ । होटलमा एक रात बस्न करिव १७ लाख भारु भन्दा बढी तिर्नुपर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यो होटल समुद्र सतहभन्दा १६ फिट तल बनाइएको बताइएको छ ।
भाइरल भिडियोमा सबैभन्दा पहिले लिफ्टबाट पानीमुनि जानुपर्ने देखाइएको छ । तल पुग्ने बित्तिकै छेउमा काँचका पर्खालहरू छन् जहाँबाट समुद्र र जताततै माछाहरू देखिन्छन् । सुत्ने कोठामा पनि छतदेखि भित्तासम्म पानी मात्र देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया