मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

सदावहार सुन्दरी नम्रता

जोयनेपाल
312
Shares

अभिनेत्री नम्रता श्रेष्ठ सन् २००८ मा प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’ मार्फत रजतपटमा पाइला टेकिन् । यो फिल्मबाट उनको अभिनयको तारिफ समेत भयो ।

नम्रताले पछिल्लो समय धेरै सिनेमामा अभिनय गरेको पाइँदैन । तर, उनले अभिनय गरेका सिनेमाले एक खालको हाइप बनाउँछन् । लभस्टोरी सिनेमामा उनलाई दर्शकले खुबै रुचाए पनि उनले एक्सन सिनेमामा समेत काम गरिन् ।

उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के, प्रसाद लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनुभन्दा पहिले रङ्गमञ्च र म्युजिक भिडियोमा समेत काम गरेकी थिइन् ।