मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनाव घटाउन अपनाउनुहोस् यस्ता तरिका

तनावग्रस्त हुनुभयो भने यसले तपाईँको मन र शरीरलाई हानि पुर्‍याउँछ । तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ । 

यसकारण तनाव घटाउन यस्तो उपाय अपनाउनुहोस्:

धेरै भावुक नहुनुस् 

तपाईँलाई स–साना कुराले भावुक बनाउने गरेको छ भने तपाईँ तनावग्रस्त अवस्थामा पुगिरहनुहुन्छ । यदि, आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ ।  

विश्राम गर्नुहोस्

काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्नै भुल्छौँ । विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ ।

पुरानो कुरा बिर्सिन खोज्नोस्

पुरानो कुनै कुराले तपाईँलाई चिन्तित बनाउने गर्छ भने त्यस्तो कुरा बिर्सिने प्रयास गर्नुहोस् । यसका लागि वर्तमानका अथवा भविष्यका कुरा सम्झिने गर्नुहोस् । बिस्तारै यस्तो गर्दै जानुभयो भने तपाईँ विगतबाट बिस्तारै बाहिर निस्किँदै र तनावमुक्त हुँदै जानुहुन्छ ।

साथीहरूसँग भेट्नुहोस्

मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता छ भने साथीभाइसँग भेटघाट गर्ने गर्नुहोस् । साथीभाइबीच हाँसखेल गर्दा तनाव कम हुन्छ । सामान्य बेला पनि फुर्सद निकालेर बेलाबेलामा मिल्ने साथीभाइसँग भेटघाट गर्नु राम्रो हुन्छ । 

अनावश्यक विवादबाट टाढा रहनुस्

आफूसँग नभएको विवादमा भरसक मुछिनु हुँदैन । यसो गर्दा अनावश्यक तनाव लिनुपर्दैन।

हाँस्नुहोस्

तनाव कम गरी मनलाई प्रसन्न र स्वस्थ राख्न ‘लाफ्टर थेरापी’ गर्ने गरिन्छ । सक्नुहुन्छ भने पेट मिचिमिची हाँस्ने गर्नुहोस् । यसरी हाँस्दा शरीरमा मनलाई प्रसन्न बनाउने हार्मोनको उत्सर्जन बढ्छ, जसले गर्दा तनाव स्वतः कम हुन्छ ।

अत्यधिक मदिरापान नगर्नुस्

कुनै कुराले पिर परेको छ भने यसलाई भुल्न मदिराको सहयोग लिनेहरू धेरै छन्। तर, बढी मदिरा लिने गर्नुभयो भने यसले तनाव घटाउने होइन, थप बढाउँछ । यसले तपाईँको आर्थिक र पारिवारिक जीवनमा तथा स्वास्थ्यमा पनि असर गर्छ, जसले गर्दा तनाव घट्नुको सट्टा थपिन पुग्छ ।

नियमित व्यायाम गर्नुहोस्

योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ । रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईँलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ ।

कफी, चिया कम गर्नुहोस्

कामकाबीच तनाव कम गर्ने बहानामा चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने यसले तपाईँलाई अझ तनावमा पार्छ । किनकि, यसले तपाईँको शरीरलाई डिहाइड्रेट गरिदिनुको साथै निद्रालाई पनि कम गरिदिन्छ । पानी र निद्रा कम भएको शरीर तनावरहित हुन सक्दैन ।

डाक्टरसँग परामर्श लिनुहोस्

यदि तपाईँलाई बढी नै तनाव हुन्छे निदाउन सकिरहनुभएको छैन भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ । डिप्रेसन हुँदा पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ । डिप्रेसन भएको रहेछ र समयमै औषधि खानुभएन भने तपाईँको मानसिक स्वास्थ्य अझ बिग्रिँदै जान सक्छ । 

आठ घण्टासम्म सुत्नुहोस्

जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्याउने गर्नुपर्छ । छदेखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईँको मन स्वस्थ रहन सक्दैन। तनावग्रस्त अवस्थामा हुनुहुन्छ भने त अझ निद्राको अवधि पूरा होस् भन्नेमा चनाखो बन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?