मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पूजार सार्की’ मा पल शाहको लुक्स सार्वजनिक

काठमाडौँ – दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्वजनिक भएको छ ।  शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो ।

सार्वजनिक लुक्समा पल काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखाइएको छ । भादगाउँले टोपी लगाएका पलले कोट, सर्ट र पाइन्ट लगाएका छन् । मेघराज खत्री पात्रका रुपमा यो लुक्स हेर्दा फिल्ममा पलको नकारात्मक भूमिका रहेको सङ्केत गर्छ ।

फिल्ममा पहिलो पटक तीन अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिँदै छन् । छायाङ्कनकै क्रममा आर्यन र प्रदीपको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ । 

सङ्गीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन छ । जातीय विभेदविरुद्धको कथामा आधारित भएर फिल्म बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?