स्वस्थ रहन शरीरलाई भिटामिनसँगै पोषक तत्त्व चाहिन्छ । हाम्रो शरीरलाई यी भिटामिनहरू सामान्य रूपमा बढ्न र विकास गर्न चाहिन्छ ।
‘भिटामिन के’ले स्वस्थ हड्डी र तन्तुहरूको लागि शरीरमा प्रोटिन बनाउन मद्दत गर्छ । शरीरमा ‘भिटामिन के’पर्याप्त मात्रामा नहुँदा अत्यधिक रक्तस्राव हुने खतरा बढ्छ ।
मानिसहरूले तरकारीहरूबाट भिटामिन के पाउँछन् । पालक, ब्रोकाउली, सिमी र सोयाबिन जस्ता प्राकृतिक खाद्य तरकारीहरूबाट भिटामिन के प्राप्त गर्न सकिन्छ ।
तपाईँले भिटामिन के का लागि अण्डा, स्ट्रबेरी र मासु पनि खान सक्नुहुन्छ। हाम्रो आन्द्रामा रहेको ब्याक्टेरियाले पनि केही मात्रामा भिटामिन के उत्पादन गर्छ ।
–महिनावारीको दुखाइ कम गर्छ
भिटामिन के ले हर्मोन नियमनलाई कायम राख्छ, जसले महिनावारीको समयमा दुखाइ जस्ता समस्याबाट राहत दिन्छ । प्रतिरक्षा प्रणालीमा भिटामिन केले प्रतिरक्षा प्रणालीलाई बचाउन र बलियो बनाउन पनि मद्दत गर्दछ ।
–हड्डी स्वस्थ बनाउँछ
मेडिकल न्यूज टुडेका अनुसार भिटामिन के घुलनशील भिटामिनहरूको समूह हो जसले रगत जम्ने, बोनमेटाबोलिजम र रगतमा क्याल्सियमको स्तरलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले हड्डी बलियो बनाउन र हड्डीको घनत्व बढाउन मद्दत गर्छ।
–मुटुलाई स्वस्थ राख्छ
भिटामिन के मुटुलाई स्वस्थ राख्न र ब्लड प्रेसर कम गर्न फाइदाजनक हुन्छ ।
–प्रतिरक्षा प्रणाली
भिटामिन केले प्रतिरक्षा प्रणालीलाई बचाउन र बलियो बनाउन पनि मद्दत गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया