मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ शुरु

काठमाडौँ– अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ आज शुक्रवारदेखि शुरु हुने भएको छ ।

उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल(एफवीन)ले चैत १६ गतेदेखि २० गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा मेला गर्न लागेको हो ।

सातौँ संस्करण मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको छ । उद्यमी महिलाहरुद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवर्ध्दन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजिकरण गर्ने उद्देश्यले मेला गरिँदै आएको छ ।

महासंघका अनुसार संस्थाले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसि, विजनेश डेभलपमेन्ट, क्यापसिटि विल्डिङ र नेटवर्किङमा केन्द्रीत रहेर काम गर्दै आएको छ । यहि उद्देश्य अन्तर्गत हरेक वर्ष मेला आयोजना गर्दै आएको छ ।

उद्यमी महिलाहरुलाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत सहायता मिल्ने संघकी अध्यक्ष शोभा ज्ञवालीले बताइन् । ‘उद्यमी महिला आफैले अन्य स्रोतबाट सिकेर होस या महासंघले सिकाएर, उद्यम व्यापार त गरिरहनु भएको छ,’ उनले भनिन्, ‘मेलामा आफूजस्तै उद्यम गरेकाहरुले के कसरी गरेका छन्, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा हेरेर पनि सिक्ने मौका पनि मिल्छ ।’

उनका अनुसार लामोसमयदेखि उद्यम गर्दै आएका, सिप तथा क्षमता भएका तर आर्थिक रुपमा कमजोर भएका महिला उद्यमीहरुलाई महासंघले मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ ।

महासंघको सीएसआर फण्डबाट १२ वटा निशुल्क स्टल को व्यवस्था गरेको छ । संघले आर्थिक अवस्था कमजोर भएको कारण उद्यमलाई विस्तार गर्न नसकेका महिला उद्यमीलाई आवश्यकता अनुसार ‘सिड्स मनि’ र क्षमता अनुसार अवसर पनि दिँदै आएको उनले सुनाइन् ।

‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ र स्वदेशी उद्यमशिलतालाई प्रवर्ध्दन गरौँ’ भन्ने मुल नाराका साथ महिला उद्यमीको क्षेत्रमा संस्थाले काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?