काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिएको छ।
महानगरपालिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न १ महिनाको अल्टिमेटम दिएको हो।
शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकोले महानगरले सो व्यवस्था बमोजिम विद्यालयहरूको नेपालीकरण गर्न निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया