काठमाडौँ – देशभर आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक – दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने स्थानीय वायुको प्रभाव छ।
महाशाखाका अनुसार आज दिउसो पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया