मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खेलाडी सुब्बाको जीवनीमा बन्यो ‘अञ्जिला’

काठमाडौँ– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ निर्माण गरिएको छ । उक्त चलचित्र २०८१ माघ ११ गते प्रदर्शन गर्ने तय गरिएको छ ।

‘अञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे आसपासमा छायाङ्कन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा स्वयम् खेलाडी सुब्बाले नै अभिनय गरेका छन्।

दर्शक र खेलाडीका लागि प्रेरणाको स्रोत बन्न सक्ने भएकाले सो चलचित्र निर्माण गरिएको निर्देशक चाम्सले बताए ।

“प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ । एञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहे पनि प्रस्तुतीकरण चलचित्रकै शैलीमा छ”, निर्देशक चाम्सले भने।

उनले सार्वजनिक प्रदर्शन अगाडि बेलायत, हङकङ लगायतका ठाउँमा प्रथम प्रदर्शनी गरिने जानकारी दिए।

फिल्ममा खेलाडी सुब्बासँगै अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको अभिनय छ ।

फिल्म यम थापाले लेखन, मिलन श्रेष्ठले सम्पादन र सुदीप बरालले छायाङ्कन निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?