मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निट फेस्टको तेस्रो संस्करण हुँदै

काठमाडौँ– मण्डला थिएटरले नेपाल इन्टरनेसनल थिएटर फेस्टिभल (निट फेस्ट)को तेस्रो संस्करण गर्ने भएको छ ।

बुधवार विश्व रङ्गमञ्च दिवसका अवसरमा थापागाउँस्थित मण्डलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, साहित्यकार तथा प्राध्यापक अभि सुवेदी लगायतको उपस्थितिमा गरिएको कार्यक्रममा तेस्रो संस्करण हुने घोषणा गरिएको हो ।

मण्डलाका अनुसार आगामी वर्ष ‘थिएटर फर सोसियल ट्रान्सफर्मेसनः लाइट अफ इन्डिजेनस वीजडम’ भन्ने नाराका साथ सन् २०२५ को मार्च १६ देखि २७ सम्म हुने फेस्टिभलमा विश्वका विभिन्न देशका नाटकहरु मञ्चन हुने जनाएको छ ।

सोही अवसरमा यही जुलाइ ५ देखि ७ सम्म मण्डलामै हुने ‘म्याड–फेस्ट २०२४’ अन्तर्गत नाटक महोत्सवको जानकारी समेत गरिएको थियो ।

नाटककै माध्यममा समाजका विषयवस्तु सरल र सहज ढंगबाट आम मानिसलाई दिएर सचेत बनाउन सकिने मन्त्रि तामाङले बताए । ‘नाटक विधालाई समाजको ऐना पनि भनिन्छ’, उनले भने,‘यसले सामाजिक रुपान्तरण र उत्प्रेरणा दिने काम सहज र सरल ढंगबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

नाट्य क्षेत्रलाई पाठ्यपुस्तक र पाठ्यक्रममै राखेर लानुपर्ने धारणा समेत उनले राखे । नेपाल सरकारले संस्कृति नीति नै परिमार्जन गर्ने सोच बनाएकाले यसलाई समयानुकुल बनाउन सम्पूर्ण नाट्यकर्मीहरुलाई सल्लाह तथा सुझाव पेश गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा नाट्य क्षेत्रकै गतिविधिहरुलाई समेटिएको ‘रिफ्लेक्सन’ पुस्तक विमोचन र नाट्य फेस्टिभलकै सन्दर्भमा रहेर अन्तरक्रिया गरिएको थियो ।

रङ्गकर्मी सरस्वती चौधरी सहजकर्ता रहेकी अन्तरक्रियामा रङ्गकर्मी पुष्कर गुरुङ, कला समीक्षक अनुप सुवेदी र कला पत्रकार सुशीला तामाङ वक्ताका रुपमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?