मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुत्केरी भएपछि किन हुन्छ कपाल झर्ने समस्या ?

सामान्यतया: गर्भावस्था पछि शरीरमा हुने हर्मोन सम्बन्धी परिवर्तनहरूको कारण ले कपाल झर्ने गर्छ, तर यस लाई नियन्त्रण पनि गर्न सकिन्छ ।

धेरै जसो महिलाहरूले सुत्केरी पछि कपाल झर्ने समस्याको सामना गर्नु पर्दछ । यो अवस्थालाई ‘पोस्टपार्टम हेयर लस’, अर्थात् ‘सुत्केरी पछि कपाल झर्ने’ भनिन्छ ।

यो समस्या सामान्यतया गर्भावस्था पछि शरीरमा हुने हर्मोन सम्बन्धी परिवर्तनहरूको कारण हुन्छ । गर्भावस्थामा हर्मोनको मात्रा बढेर कपाल झर्न रोक्छ, कपाल बाक्लो र बलियो देखिन्छ ।

तर, सुत्केरी पछि, जब हर्मोन सामान्य मा फर्कन्छ, यसले थप कपाल झर्ने कारण बन्छ । प्रसव पछि कपाल झर्नु लाई नियन्त्रण गर्न सकिन्छ । यो अस्थायी हुन्छ र यसबाट सजिलै बच्न सकिन्छ ।

सुत्केरीपछि किन झर्छ कपाल ?

हर्मोन को परिवर्तनले गर्दा समेत कपाल झर्छ । गर्भावस्थामा महिलाको हर्मोनको स्तर बढ्छ, जसले कपाल झर्ने समस्या कम गर्छ । तर, डिलभरि पछि हर्मोन को  स्तर सामान्य अवस्थामा फर्किए पछि, अतिरिक्त कपाल झर्न थाल्छ । बच्चा जन्मिएपछि शरीरमा पोषक तत्त्वको कमी हुनु पनि कपाल झर्नु को कारण हुन सक्छ ।

कपाल झर्न कसरी नियन्त्रण गर्ने ?

–आहारमा प्रोटिन, भिटामिन र मिनरल्सको उचित मात्रा समावेश गर्नु पर्छ । विशेष गरी आइरन, जिंक, भिटामिन सी, डी र ई कपालका लागि आवश्यक हुन्छ । 

–कपाललाई कम हानिकारक सल्फेट–रहित साम्पु र कन्डिसनरहरू छनौट गर्नु पर्छ । कपालको नियमित मसाज ले फाइदा पुर्‍याउँछ । यस अन्तर्गत सबै ठाउँमा सजिलै पाइने नरिवलको तेल वा बदामको तेलले नियमित रूपमा टाउकोमा मालिस गर्नाले कपालको जरा बलियो हुन्छ ।

–तनाव कम गर्नु आवश्यक । ध्यान, योग वा कुनै पनि प्रकारको शारीरिक गतिविधि मार्फत तनाव कम गर्ने प्रयास गर्नु पर्छ ।

–राम्रो र पर्याप्त निन्द्रा लिनु कपालको स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?