काठमाडौँ – खराब मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो। अहिले भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ।
प्रतिकुल मौसमका कारण एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर भएकै कारण धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
७७ जना यात्रुसहित बिहीबार बिहान ७ बजेर १२ मिनेटमा धनगढी विमानस्थलबाट जहाज उडेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया