काठमाडौँ– पछिल्लो समय नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि भीपीएनको प्रयोग गरी टिकटक चलाउनेको सङ्ख्या बढेको छ ।
भीपीएनले तपाइलाई जियो–लक गरिएका सेवाहरू पहुँच गर्न अनुमति दिन्छ । तर धेरै मानिसलाई यसले कसरी काम गर्छ भन्ने बारेमा थाहा नहुन पनि सक्छ । आज हामी तपाइलाई भीपिएनले कसरी काम गर्छ भन्ने बारेमा जानकारी दिँदै छौ ।
भीपीएनले तपाइको उपकरणमा सुचारु रहुन्जेल तपाइको सबै डेटालाई इन्क्रिप्ट गर्दछ ।
र प्रयोगकर्ताको सम्पूर्ण जानकारी एक सुरक्षित मध्यवर्ती चरण पार गर्छ जसलाई भीपीएन सर्भर भनेर चिनिन्छ । जसले तपाईँको निजी जानकारी लुकाउँछ ।
तपाइको फोन, ट्याब्लेट, ल्यापटप वा पिसीजस्ता उपकरणमा भीपीएन कन्फिगर गरेपछि पृष्ठभूमिमा सजिलै चलिरहनेछ ।
भीपीएन निःशुल्क हुँदैनन् । यो एक निजी सेवा हो । यदि तपाइ निःशुल्क भीपिएन प्रयोग गरिरहनु भएको छ भने तपाईँले सुरक्षित हुनु पनि जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया