मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

यसअघि गत चैत ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएकोमा आज नयाँ रेकर्ड कायम भएको हो । 

अर्थात् चैत ८ गते प्रतितोला एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ बढी हो।

अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला २०  बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?